
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधान ऐन कानून बमोजिम काम गर्ने बताएका छन् । उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै यादवले आफुलाई निर्वाचित गराउने सवैप्रति धन्यवाद दिदै संविधान ऐन कानून बमोजिम काम गर्ने बताएका हुन् ।
उपराष्ट्रपतिको काम कर्तव्य र अधिकार बमोजिम इमान्दारीपूर्वक जनताको हितमा काम गर्ने उनको भनाइ छ । संविधानको पालना गर्दै मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्न भूमिका निर्वाह गर्ने उनले बताए । उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि पनि आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।
उनले आफ्नो निर्वाचन क्षेत्रको मतदाता लगाएत देशका सम्पूर्ण जनताप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस