aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पौडेल राष्ट्रपति भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक पुगे शीतलनिवास

  • रासस
    रासस
  • शुक्रबार, ०३ चैत्र २०७९
पौडेल राष्ट्रपति भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक पुगे शीतलनिवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस