काठमाडौं । काठमाडौंमा आज पानीको ड्रममा डुबेर एक बालकको मृत्युृ भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पानीको ड्रममा डुबेर एक बालकको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको छ ।
पानीको ड्रममा डुबेर गम्भीर घाइते भएका बालक तामाङको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस