aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
लघु कथा

लघु कथा : निजी अस्पतालमा ट्रेनी म्यानेजर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ चैत्र २०७९
लघु कथा : निजी अस्पतालमा ट्रेनी म्यानेजर

एकजना नेपाली नेपालमा खाइरहेको जागिर छोडेर अमेरिकामा एउटा ठुलो डिपार्टमेन्ट स्टोरमा सेल्सम्यानको काममा भर्ती भयो। उनको कुशलता बारे अनविज्ञ म्यानेजरले सोधे- तिमिलाई कामको केही अनुभव छ? सेल्सम्यानले जवाफ दियो- अलिअली छ। यो उसको पहिलो दिन थियो त्यो कम्पनीमा कामको। त्यो सेल्सम्यानले खुब मन लगाएर काम गर्‍यो। 

बेलुका ६ बजे म्यानेजरले फेरी सोध्यो- आज पहिलो दिन तिमिले कति पैसाको सेल गर्‍यौँ ?

सेल्सम्यानले जवाफ दियो- सर मैले आज एउटा सेल गरेको छु। 

म्यानेजरले बेखुसी प्रकट गर्दै भने- के रे ? एउटा मात्र सेल भयो रे ? यहाँ त हरेक सेल्सम्यानले दैनिक कमसेकम २०-३० वटा सेल गर्छन्। तिमीले पनि त्यो गर्न सक्नुपर्छ। खैर ठिकै छ मलाई यो कुरा भन त आज तिमीले कति डलरको सेल गर्‍यौँ ? 

सेल्सम्यानले जवाफ दियो- ९३ हजार ३ सय डलर ! 

म्यानेजरले छक्क पर्दै सोधे - तर तिमीले यो कसरी गर्‍यौ ? 

सेल्सम्यानले भन्यो- एक जना मान्छे आएको थियो उसलाई मैले एउटा सानो माछा मार्ने बल्छी बेचेँ। त्यसपछि एउटा मध्यम आकारको र अन्त्यमा ठुलो बल्छी समेत बेचेँ। 

त्यसपछि एउटा ठुलो माछा पकडिने फिसिङ रड र अरू फिसिङ गियर पनि उसलाई किनाएँ। 

त्यसपछि उसलाई मैले सोधेँ तपाईँ माछा मार्न कहाँ जानुहुन्छ ? उसले जवाफ दियो- कोस्टल एरियामा जान्छु। 

मैले उसलाई भनेँ त्यसो भए तपाईँलाई एउटा नावको आवश्यकता पर्न सक्छ। मैले उसलाई तल रहेको बोटको डिपार्टमेन्ट स्टोरमा लगेर एउटा २० फिटको नाव बेचिदिएँ। 

तर, ग्राहकले त्यो नाव त उसको कारमा नअटाउने बतायो। 

मैले उसलाई हाम्रो डिपार्टमेन्ट स्टोरको अटाेमाेबाईल सेक्सनमा लागेँ। त्यहाँ उसको नाव बोक्न सक्ने नयाँ ४×४ सेभ्रोलेट ब्लेजर किन्न लगाएँ। 

त्यसपछि मैले उसलाई सोधेँ माछा मार्ने बेला तपाईँ कहाँ बस्नुहुन्छ - उसले जवाफ दियो, 'यस बारे मैले केही सोचेको नै छैन।' त्यसपछि मैले उसलाई क्याम्पिङ सेक्सनमा लागेँ र उसलाई एउटा ६ जना मान्छे सुत्न मिल्ने क्याम्पिङ टेन्ट  किन्न लगाएँ। 

अन्त्यमा ग्राहकले भन्यो यति सबै किने पछि अब म २०० डलरको ग्रोसरी र दुई केस बियर पनि किन्छु। 

उसका कुरा सुनेर तीन छक्क पर्दै म्यानेजरले सोध्यो- के तिमीले यति सबै सामान त्यो मान्छेलाई नै बेचेको हो जो केवल एउटा बल्छी मात्र किन्न आएको थियो ?

सेल्सम्यानले जवाफ दियो- होइन सर, उ त खाली टाउको दुखेको हुनाले निधारमा दल्न भिक्स बाम मात्र किन्न आएको थियो। मैले उसलाई बुझाएँ कि टाउको दुखाइ निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको माछा मार्नु नै हो। 

म्यानेजरले चकित हुँदै सोधे- पहिला तिमी नेपालमा के काम गर्थ्यौ ? 

सेल्सम्यानले जवाफ दियो- पहिला म त्यहाँ एउटा प्राइभेट अस्पतालमा काम गर्थेँ । जहाँ कुनै पनि बिरामी छिर्ने आउने बित्तिकै प्याथोलोजी, ईको, ईसीजी, सी टी स्यान,एक्सरे, एम आर आई इत्यादि सबै टेस्ट गराइन्थ्यो। 

म्यानेजरले हात जोड्दै भने- आज देखि तिमी मेरो कुर्सीमा बस। म भोलि नै नेपाल गएर सेल्स ट्रेनिङको लागी एउटा प्राइभेट अस्पतालमा काम गर्न थाल्नेछु।

त्यो डिपार्टमेन्ट स्टोरका म्यानेजर अहिले नेपाल तिर आएका छन् रे, निजी अस्पतालमा ट्रेनिङको लागी ।

(यो कथालाई नेपाली मौलिकता सहित  केदार सिटौलाले हिन्दीबाट अनुबाद गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस