काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू–भागहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागहरुका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावा हुरी सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस