aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एकीकृत समाजवादीका नेताहरुका फेरि दिन आए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ चैत्र २०७९
एकीकृत समाजवादीका नेताहरुका फेरि दिन आए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । सरकारलाई विश्वासको मत प्रदान गरेर पनि प्रतिपक्षमा बस्दै आएको पार्टीले पछिल्लो पटक विकास भएको राजनीतिक समीकरणमा सरकारलाई थप सहयोग गर्न सत्ता पक्षको भूमिकामा रही आवश्यक जिम्मेवारी निर्वाह गर्न लागेको पार्टीका उपमहासचिव एवं कार्यालय सचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सोमबार विश्वासको मत प्रदान गर्न निर्णय गरेको उक्त पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ । पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा सङ्गठनका प्रतिनिधिले देशभरबाट जनभावना बुझेर निर्णय गरिने छ । सङ्घीय प्रतिनिधिसभामा पार्टीका १० सदस्य निर्वाचित छन् ।

प्रतिक्रिया दिनुहोस