aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

यी हुन् अहिले पानी परिरहेका ठाउँ, दिउँसो पनि पर्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ चैत्र २०७९
यी हुन् अहिले पानी परिरहेका ठाउँ, दिउँसो पनि पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   

राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावा–हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस