aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बैंकिङ कसूर मुद्दामा फरार दोलखाका रमेश पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ चैत्र २०७९
बैंकिङ कसूर मुद्दामा फरार दोलखाका रमेश पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका दोलखाका रमेश कुमार श्रेष्ठ पक्राउ परेका छन् । दोलखा भिमेश्वर नगरपालिका १ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ माईक्रोपार्क बस्ने ४४ वर्षीय श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस