aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

न्यूयोर्क कम्युनिटी बैंकले ढुबेको बैंक २.७ बिलियन डलरमा खरिद गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ चैत्र २०७९
न्यूयोर्क कम्युनिटी बैंकले ढुबेको बैंक २.७ बिलियन डलरमा खरिद गर्ने

एजेन्सी । न्यूयोर्क कम्युनिटी बैंकले असफल सिग्नेचर बैंकको प्रमुख  शेयर २.७ बिलियन डलरमा खरिद गर्ने निर्णय गरेको छ। संघीय निक्षेप बीमा निगमले आइतबार जानकारी दिएको छ।

सोमबार सिग्नेचर बैंकका ४० वटा शाखालाई फ्ल्यागस्टार बैंकको नामले चिनिन्छ । फ्ल्यागस्टार न्यूयोर्क कम्युनिटी बैंकको सहायक कम्पनी हो। यस सम्झौतामा सिग्नेचर बैंकको ३८.४ बिलियन डलर सम्पत्ति खरिद पनि समावेश हुनेछ।

एफडीआईसीले सिग्नेचर बैंकको ६० अर्ब डलर ऋण पनि सुरक्षित रहेको बताएको छ । सिलिकन भ्याली बैंक बन्द भएको ४८ घण्टापछि सिग्नेचर बैंकको असफलताको जानकारी आएको हो । सिग्नेचर बैंक बैंकिङ संकटमा बन्द हुने दोस्रो बैंक हो ।

सिग्नेचर बैंक पनि न्यूयोर्कमा आधारित त्रिस्टेट क्षेत्रमा ठूलो व्यावसायिक ऋणदाता हो। यद्यपि, हालका वर्षहरूमा बैंक क्रिप्टोकरेन्सीमा संलग्न भएको छ। जसका कारण बैंकले ठूलो घाटा बेहोर्नु परेको छ ।

अमेरिकाको १६ औं सबैभन्दा ठूलो सिलिकन भ्याली बैंक डुब्यो। त्यसको दुई दिनपछि मार्च १२ मा अमेरिकाको सिग्नेचर बैंक डुबेको खबर सार्वजनिक भयो । यसपछि यी दुई बैंकको सम्पत्ति अमेरिकी नियामकको नियन्त्रणमा लिइयो । सिलिकन भ्याली बैंकको मात्रै पतनका कारण विश्वभरका लगानीकर्ताहरूले ३८ लाख करोडभन्दा बढीको घाटा बेहोरेका छन् । 

प्रतिक्रिया दिनुहोस