काठमाडौं । कैलालीमा भोज खाएर फर्किँदै गरेका यात्रुहरु बोकेर फर्किँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा मानवीय क्षति भएको हो ।
बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्कि रहेका बेला ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् ।
से १ त ८८७० नम्बरको ट्याक्टरका चालक सुरज चौधरी भने फरार रहेका कारण प्रहरीले उनको खोजतलास गरिरहेको छ । घाइतेहरुको उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस