aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

डा. चन्द्र भण्डारीको उपचारका लागि सरकारले दियो ५५ लाख ८८ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ चैत्र २०७९
डा. चन्द्र भण्डारीको उपचारका लागि सरकारले दियो ५५ लाख ८८ हजार

काठमाडौं । सरकारले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीलाई झण्डै ५६ लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । आगालागीमा परेर घाइते भएका डा. भण्डारीको उपचारमा सघाउन अर्थमन्त्रालयले उनलाई ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो । 

डा. भण्डारी फागुन ३ गते राति आफ्नै निवासमा खाना पकाउने ग्यास दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । ग्यास लिक भएर स्पार्क निस्किँदा उनी र उनकी आमा हरिकला घाइते भएका हुन् । 

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा हरिकलाको ४ गते बिहान निधन भएको थियो भने डा. चन्द्रकान्तलाई सोही दिन उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगि भर्ना गरिएको थियो । 

डा. भण्डारीको सचिवालयले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । सामाजिक सञ्जाल मार्फत दिइएको जनकारी अनुसार उनलाई सामान्य आहार दिन थालिएको छ । 

फागुन ११ गते बसेको मन्पिरिषद्को बैठकले डा. भण्डारीको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम फागुन महिनाको उपचार खर्च निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस