काठमाडौं । यात्रुको लगेज तोड्ने र महँगा सामानहरू चोर्ने कर्मका कारण बदनामीको शीर्ष स्थानमा रहेको नेपाल वायुसेवा निगमको जहाजमा अर्को एउटा घटना भएको छ । त्यो हो, नेपाल सरकारकै उच्च तहका कर्मचारीको लगेज फोडेको घटना ।
घटना सोमबार घटेको हो । र, पीडित यात्रु हुन्, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी । उनी सोमबार त्रिभुवन विमानस्थल काठमाडौंबाट नयाँ दिल्ली गएका थिए । नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली गएका सचिव दुवाडीले लगेज तोडिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला । मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो ?’
प्रतिक्रिया दिनुहोस