aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चीनका चिप टाइकुन भ्रष्टाचारको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ चैत्र २०७९
चीनका चिप टाइकुन भ्रष्टाचारको फन्दामा

एजेन्सी। विश्वव्यापी रुपमा चिपको आपूर्तिमा सङ्कट देखिएको बेला चीनको भ्रष्टाचार विरोधी निकायले त्यहाँका चिप टाइकुन चाओ वेइगुओलाइ भ्रष्टाचारको आरोप लगाएको छ । युनिग्रुपका पूर्व अध्यक्ष समेत रहेका कम्प्युटर चिप निर्माता सिङ्गुआलाई सेमी कन्डक्टर उद्योग सङ्कटमा परेको बेला यी आरोपहरू लगाइएका हुन् ।

चाओको सेमी कन्डक्टर उद्योगमा त्यहाँको  सरकारले पनि अर्बौ डलर लगानी गरेको थियो। तर पनि यो असफल भएको थियो । त्यसपछि गत वर्ष देखी नै यस उद्योगसँग आबद्ध धेरै व्यक्तिहरू बिरुद्ध भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु भएको थियो ।

बिबिसीका अनुसार चाओ र सिङ्घुआ समूहले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । आफ्नो विज्ञप्तिमा, सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनले चाओले ‘सरकारी कम्पनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा प्रयोग गरेको’ आरोप लगाएको छ ।

चाओले आफ्ना आफन्त र साथीहरूलाई नाफामुखी व्यवसायहरू हस्तान्तरण गरेको र उनीहरूले आफूसँग सम्बन्धित कम्पनीहरूबाट बजारभन्दा बढी मूल्यमा सामान र सेवाहरू किनेको संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस