aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

मकाउ पठाइदिन्छु भनी ठगी गर्ने २ जना  पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने २ जना  पक्राउ

काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका(३ का बिनोद बस्नेतरबिनोद मणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिहरुलाई मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा पटकरपटक गरी १९ लाख १० हजार रुपैयाँ लिई ठगी गरी फरार रहेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं हाँडीगाउँबाट उनलाई पक्राउ गरेको हो । 

उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले फेला पारी बरामद गरेको छ । 

निजलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ ।   
        
 

प्रतिक्रिया दिनुहोस