काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक रहल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक तथा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावा–हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस