aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नयाँ  मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागे प्रचण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
नयाँ  मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागे प्रचण्ड

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ  मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागेका छन् । मन्त्रिपरिषद विस्तारका लागि प्रचण्डले बुधबार बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल राखेका छन् ।  बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेका छन् । 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार र नयाँ सरकारमा शक्ति बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस