aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

५० हजार घुससहित रंगेहात पक्राउ परे वडाध्यक्ष र सचिव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
५० हजार घुससहित रंगेहात पक्राउ परे वडाध्यक्ष र सचिव

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिवलाई  घुससहित रंगेहात गरेको छ । 

आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई गएराति ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो । 

उनीहरूलाई बुधबार जनकपुरधाम–६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए । 

प्रतिक्रिया दिनुहोस