aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

स्रोत नखुलेको १२ लाखसहित संजय खनाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
स्रोत नखुलेको १२ लाखसहित संजय खनाल पक्राउ

काठमाडौं । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित ४१ वर्षीय संजय खनाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

खनाल तनहुँ भानु नगरपालिका ६ घर भई हाल काठमाडौं टोखा नगरपालिका ३ बस्दै आएका थिए । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस