aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य

काठमाडौं । नेपाली पात्रो र राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ ।तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो ।

प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिने नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए । 

पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव रहेको उनको भनाई छ । शताब्दीअघि उनीहरुसँग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि गर्ने उनले बताए ।  

तोयनाथ पञ्चाङ्गका सम्पादक आदरणीय गुरु सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान–प्रदानको बहाना मिलेको बताए । “हाम्रो वैदिक सनातन ज्ञान असामान्य छ । हामी हरेकदिन प्रकृति, जिवजन्तु, किरा–फट्यांग्रा, भूगोल, चन्द्र–सूर्य र अन्य ग्रहहरुले हामीलाई प्रदान गर्ने अनेक योगदानहरुका कारण यो अमूल्य जीवन बाँचिरहेका छौं’, उनले भने । 

वर्तमान पुस्तामा क्यालेण्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि सर्वाधिक लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’संग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेको उनले बताए । 

नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस