काठमाडौं । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सूचना प्रविधि (आईटी) अडिट गर्न निर्देशन दिएको छ ।पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने सूचना प्रविधिको सुरक्षाका विषयमा प्रश्न उठेपछि नेपाल राष्ट्र बैंकले अडिट गर्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंक प्रविधि प्रयोगमा विशेष सतर्कता अपनाउन र त्यसको सुरक्षा अडिट गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । विभिन्न किसिमका साइबर आक्रमण, भाइरस लगायत विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न तथा त्यसको अडिट गर्न अनिवार्य रहेको केन्द्रीय बैंकले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस