aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णाको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० चैत्र २०७९
रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णाको निधन

काठमडौं । रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । क्यान्सर रोगले पीडित ८६ वर्षीया ताम्राकारको बिहीबार राति १० बजे न्यूरो अस्पतालमा निधन भएको हो ।

२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी) को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन् । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएकी उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो ।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् । 

प्रतिक्रिया दिनुहोस