काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडले १२५ प्रतिशत हकप्रद शेयर मार्फत पूँजी बढाउँने भएको छ । क्यापिटलले चैत १० गतेदेखि वैशाख १५ गतेसम्म उक्त अनुपातको हकप्रद शेयर विक्री खुला विक्री गर्न सुचना जारी गरेको हो ।
सम्बन्धित शेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालय पुल्चोक, ललितपुरमा सम्पर्क गरी हकप्रद शेयर खरिद गर्न सक्ने क्यापिटलको भनाई छ । मर्चेन्ट बैंकरहरूले आफ्नो सेवा सुधिवा विस्तारसँगै पूँजीबृद्धिलाई समेत प्राथमिकतामा राखेर अघि बढीरहेका छन् ।
प्रतिक्रिया दिनुहोस