aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० चैत्र २०७९
होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ

चितवन । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ९ केन्द्रिय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस