गाईघाट। उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आफ्नो उत्पादन गैंडा छाप सिमेन्टको मूल्य घटाएको छ । देशभर सिमेन्टको मूल्यमा कमी आएको बेला उदयपुर सिमेन्ट उद्योगले पनि गैंडा छाप सिमेन्टको मूल्य घटाएको हो।
उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार गैंडा छापा सिमेन्टको मूल्य ८०३ रुपियाँ ४३ पैसाबाट २५ रुपियाँ घटाएर प्रतिबोरा ७७८ रुपियाँ ४३ पैसा कायम गरिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकशित छ ।
प्रतिक्रिया दिनुहोस