
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आइतबार साँझसम्म मन्त्रीमण्डल बाँडफाटका बिषयलाई टुङ्गाउने र सोमबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने जानकारी गराएको बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले बताए । प्रधानमन्त्रीले सवै दलसंग छलफल गर्नुभएको र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरुको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।
बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसंग सम्बन्धी बिधेयकलाई टुङ्गाउन अन्य दलहरुसंग छलफल गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै बैठकमा सरकारलाई पार्टीसंग जोड्ने गरि जनसरोकारका बिषयलाई सम्बोधन गर्ने र प्रदेशको सरकारहरुपनि आलोपालो अनुसार तथा बजेट, नीति तथा कार्यक्रममा संघसंग जोड्नेगरि गतिशिल बनाएर अघि बढ्ने निर्णय भएको पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस