aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अब बीमा कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, १२ चैत्र २०७९
अब बीमा कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको छ । बीमा प्राधिकरणले बिहीवार जारी गरेको गरेको उक्त निर्देशिकाको दफा ११ मा बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न गर्न सक्ने भनिएको छ ।

अब प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा पनि आफ्नो कार्यालय खोली व्यवासाय विस्तार गर्न पाउने भएका छन् । विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न बीमकले प्राधिकरणको साथै जुन मुलुकमा त्यस्तो कार्यालय स्थापना गरिने हो सो मुलुकको नियामक निकायले निर्धारण गरेको पूजी कायम गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस