aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कांग्रेसमा सरकारको नेतृत्व गर्ने व्यक्तिको निर्णय भएको छैन : पूर्णबहादुर खड्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
कांग्रेसमा सरकारको नेतृत्व गर्ने व्यक्तिको निर्णय भएको छैन : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खड्काले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने र कुन कुन मन्त्रालयमा जाने भन्ने बिषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएका हुन् । 

उनले कांग्रेस मात्रै नभएर गठबन्धनमा रहेका कुनै पनि दलले औपचारिक रुपमा मन्त्रालय र संख्याका बारेमा औपचारिक प्रस्ताव नगरेको ठोकुवा गरे । खड्काले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको बिषयलाई कुनै विवाद नरहेको दावी गरे । 

उनले दुई तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताए । 

प्रतिक्रिया दिनुहोस