aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल टेलिकमका ग्राहक घटेका हुन् ? यस्तो छ पछिल्लो विवरण

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, १३ चैत्र २०७९
नेपाल टेलिकमका ग्राहक घटेका हुन् ? यस्तो छ पछिल्लो विवरण

काठमाडौं । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो ।

गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो । मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै ३ हजार ३ सय २९ जना ग्राहक गुमाएको हो ।

टेलिकमको टेलिफोन ग्राहक पनि २ करोड १३ लाख २५ हजार ३ सय ५१ बाट २ करोड ९ लाख ८० हजार २ सय ३८ मा सीमित भएको छ । टेलिकमको सबैभन्दा बढी ग्राहक जीएसएम मोबाइलको ग्राहक घटेको छ । मंसिरसम्ममा २ करोड १ लाख ८६ हजार १ सय ६० रहेकोमा पुसमा आइपुग्दा १ करोड ९८ लाख ४२ हजार ७ सय ३२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस