aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सत्तागठबन्धनको बैठक सकियो, के भयो सहमति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
सत्तागठबन्धनको बैठक सकियो, के भयो सहमति ?

काठमाडौं । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक विनानिष्कर्ष टुङ्गीएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् बिस्तारका लागि मन्त्रालय बाँडफाँटका बिषयमा दलहरुबीच सहमति जुट्न नसकेको हो । 

बैठकमा आफुहरुले पाउने मन्त्रालयका बिषयमा दलहरु आ–आफ्नै अडान प्रस्तुत गरेका थिए । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र त्यसमाथि बुधबार थप छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले सरकारलाई छिटो पूर्णता दिने बिषयमा छलफल भएपनि ठोस निष्कर्ष निस्कन नसकेको जानकारी दिए । 

लेखकले दलहरुबीच विवाद नरहेको र छिटै सरकार विस्तार हुने दावी गरे । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगाएतका नेताहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस