aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मन्त्रिपरिषद् विस्तारकै दिन प्रचण्डलाई किन जान पर्ने भो चितवन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ चैत्र २०७९
मन्त्रिपरिषद् विस्तारकै दिन प्रचण्डलाई किन जान पर्ने भो चितवन ?

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जाने तयारीमा लागेका छन् । आज बेलुकासम्म सबै मन्त्रीहरुलाई सपथसमेत खुवाउने तयारी भइरहेका बेला उनको चितवन यात्रा तय भएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्नको लागि गृहजिल्ला जाने तयारीमा रहेका छन् । शिलान्यासको काम सकिनासाथ दिउँसो १ बजेसम्ममा काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

प्रचण्डले आजै ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । बुधबार साँझ सत्तागठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय भागबन्डाको सहमति भएपनि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतले असन्तुष्टि जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस