aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

किन जारी राखिन्छ कहिल्यै अन्त्य नहुने संकटको शृङ्खला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ चैत्र २०७९
किन जारी राखिन्छ कहिल्यै अन्त्य नहुने संकटको शृङ्खला

अहिले संसारभरका मानिसहरू एउटा अज्ञात भयबाट त्रसित छन्।  त्यो भय हो, आर्थिक मन्दीको।  यस्तो किन भइरहेको छ भने बजार अर्थतन्त्र बिग्रिएको अवस्थामा छ। त्यसैले एक अज्ञात, भयावह शत्रुले चारैतिरबाट धम्की दिइरहेको जस्तो आभास मानिसहरूले गरिरहेका छन्। 

तर, यस्तो राज्यहरूले अति सावधानीपूर्वक गरिरहेको एक प्रयोग हो जसको सिकार हामि आम जनता बन्दै छौँ। त्यो प्रयोगको उद्देश्य नागरिकबाट धेरै विरोधको सामना नगरी कसरी आफ्ना स्वार्थहरू सिद्ध गर्ने भन्नेमा केन्द्रित छन्। 

राज्य ठुलो र डरलाग्दो नियमितताका साथ चलिरहेको छ। तर, त्यसको बिरुद्ध जनता सडकमा नआउन भन्ने उद्देश्यले जनतालाई आतङ्कित गर्ने, देशलाई अस्थिर बनाउने र कथित राष्ट्र हितका लागि थप अधिनायकवादी नीतिहरू निर्माण गर्ने काम संसारभर भइरहेको छ। यो क्रम हाम्रो देश नेपालमा समेत चलिरहेको छ। 

यी कुरालाई मनन गरौँ -हामीलाई किन सङ्कट, विचलनका किस्सा धेरै भन्दा धेरै सुनाई राखिएको छ ? किनकि हामि माथि प्रयोग भइरहेको छ। सर्वसाधारणलाई सधैँ एउटा तनावको कुरा सुनाउने र त्यसमा नै मानसिक रूपले अलमल्याउने काम भइरहेको हुन्छ। कहिल्यै अन्त्य नहुने 'अबको सङ्कट' मा मानिसहरूलाई  फसाइन्छ कि जहाँबाट उनीहरूले मानसिक रुपमा सास फेर्ने कोठा कहिल्यै पाउन सक्दैनन्। 

समस्यालाई देखाएर सबै समयमा सरकारले नागरिकमाथि थप शक्ति र अधिकार जमाउने गर्छ, पिटर वेयरको सन् १९९८ को फिल्म 'द ट्रुम्यान सो'मा बनाइएको संसार जस्तै। जसमा मानिसको जीवन उत्पादनहरू बेच्ने र मूल्यहरू प्राप्त गर्ने उद्देश्यले विस्तृत रूपमा मञ्चन गरिएको टेलिभिजन कार्यक्रमको  रुपमा चित्रित गरिएको छ। 

अहिले खुब प्रचलनमा रहेको रियालिटी टिभी कार्यक्रम पनि यस्तो योजनाको एक हिस्सा हो जसले हामीलाई विचलित पार्ने, मनोरञ्जन दिने, कहिलेकाहीँ आक्रोशित बनाउने, यो वा त्यो ध्रुवमा सधैँ ध्रुवीकृत गर्ने काम गर्छ। फलस्वरूप हामी कुनै पनि रूपमा अत्याचार (वा सरकारी भ्रष्टाचार र अयोग्यता) विरुद्ध एकीकृत मोर्चा बन्दी भएर प्रस्तुत हुन प्रयत्न गर्दैनौँ। जर्ज ओर्वेलले कतै लेखेका छन्, "सार्वभौमिक छलको समयमा, सत्य बोल्नु क्रान्तिकारी कार्य हो।"

 

प्रतिक्रिया दिनुहोस