
काठमाडौं । नेपाली कांग्रेसले पाएका आठ मन्त्रालयमा मन्त्रीहरु छानिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारमा कांग्रेसले पठाउन लागेका मन्त्रीहरुको टुंगो लागेको हो ।
कांग्रेस श्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने मन्त्रीहरुको नामावली सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । खड्का उपप्रधानसहित रक्षमन्त्री बन्न लागेका छन् ।
त्यस्तै, अर्का उपसभापति धनराज गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने छन् भने सांसद सीता गुरुङले भूमि व्यवस्था मन्त्रालय पाउने भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु तथा रमेश रिजाल परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस