aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एसइई आजदेखि सुरु, चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
एसइई आजदेखि सुरु, चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी

काठमाडौं । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । एसइईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् ।

दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

यो वर्ष एसइईका लागि आवेदन फारम भरेकाभन्दा ३१ हजार कम विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । कूल पाँच लाख १६ हजार ५७७ जनाले फारम भरेकोमा चार लाख ८५ हजार ३९६ विद्यार्थी मात्रै परीक्षामामा सहभागी हुँदैछन् ।  

प्रतिक्रिया दिनुहोस