aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र)का नेताका रुपमा मुख्यमन्त्री भइ माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले आज दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

पहिलो पटक विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शर्माले विश्वासको मत लिनु पर्ने भएको छ ।

सरकारको नेतृत्व गरेको माओवादीका यस प्रदेशमा १३ जना सांसद रहेका छन् भने नेपाली कांग्रेसका १४ र नेकपा (एमाले)का १० जना सांसद छन् । त्यस्तै नेकपा (एकिकृत समाजवादी) १ र राप्रपाका एकजना सांसद छन् । त्यस्तै स्वतन्त्र समेत एकजना सांसद छन् । 

४० सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन न्यूनतम २१ सांसदको समर्थन आवश्यक हुन्छ । केन्द्रको सत्तासमिकरण अनुसार हुने हो भने नेकपा (एमाले)ले विपक्षमा मतदान गरेपनि माओवादी र कांग्रेसका सांसदबाट नै मुख्यमन्त्री शर्माले विश्वासको मत पाउने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस