
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन । पेटमा समस्या भएपछि उनलाई शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।
“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि आज साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलकाे पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शनिबार साँझ भर्ना भएको र उनलाई हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस