
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्न लागेको छ । संघीय संसद सचिवालयले बैठक आज दिउँसो एक बजे बस्न लागेको जनाएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयद्वारा जारी नोटमा उल्लेख गरिएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस