
काठमाडौं । आफ्नो पार्टीको भागमा परेका चार मन्त्री पठाउन असफल बनेको नेपाली कांग्रेसले आजका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
मन्त्री छान्ने सवालमा संस्थापन र इतर समूहमा विवाद बढेपछि आज बिहान १० बजेका लागि पार्टी केन्द्रीय कार्यसम्पादन सिितको बैठक बोलाइएको हो । आजको बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
आन्तरिक भागबण्डा नमिल्दा सभापति शेरबहादुर देउवाले हिजो आफ्नो समूहका चार जनालाई मात्र सरकारमा पठाएका छन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएको कोइराला समूह सम्मानजनक हिस्सेदारी नपाएको भन्दै सरकारमा सहभागी भएको छैन ।
यस्तै कांग्रेसले आज बारा २ मा उम्मेदवारको बारेमा टुंगो लगाउने जनाइएको छ । कांग्रेसले तनहुँ १ र चितवन २ मा उम्मेदवारको टुंगो लगाइसकेको छ भने बारामा आफ्नै उम्मेदवार बनाउने कि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने भन्ने बारेमा टुंगो लगाउने छ । बारा २ मा सत्ता गठबन्धनबाट उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाउने बारेमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस