
काठमाडौं । स्वास्थ्यमा समस्या आएका कारण शनिबार साँझ अस्पताल भर्ना गरिएको राष्ट्रपति रामचन्द्र पौडेललाई आज डिस्चार्ज गरिने भएको छ । पेटमा समस्या आएका कारण हिँजो त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति पौडेललाई आज डिस्चार्ज गर्न लागिएको हो ।
शीतल निवास श्रोतका अनुसार पौडेलको स्वास्थ्यमा त्यस्तो ठूलो समस्या नभए पनि पेटमा सामान्य समस्या देखिएको थियो । उक्त समस्या अस्पतालले निवारण गरिसकेको छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार अपराह्न ४ बजे शिक्षण अस्पताल पुर्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस