aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नयाँ अर्थमन्त्रीलाई समेत पत्याएनन लगानीकर्ताले, दोहोरो अंकले घट्यो नेप्से

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
नयाँ अर्थमन्त्रीलाई समेत पत्याएनन लगानीकर्ताले, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नयाँ अर्थमन्त्री प्रकाशशरण महतलाई समेत शेयर लगानीकर्ताहरुले पत्याएनन् । महत अर्थमन्त्री भएपछिको पहिलो शेयर कारोबार आज दोहोरो अंकले घटेर बन्द भएको छ । पहिलो पटक अर्थमन्त्री बनेका महतलाई शेयर लगानीकर्ताहरुले नपत्याएउँदा आज आइतबार दोहोरो अंकले घटेको हो । 

आज नेप्से २० अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ५५ विन्दुमा पुगेको छ । त्यस्तै, आज एक अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१३.१० रुपैयाँ पुगेको छ ।               

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.६१ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड २ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।                          
 

प्रतिक्रिया दिनुहोस