aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

दुई बर्ष अघि पार्टी कव्जा गरेर एमालेलाई सिद्धाउने खेल रचे पनि हामी पहिलो शक्ति भयौं : ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
दुई बर्ष अघि पार्टी कव्जा गरेर एमालेलाई सिद्धाउने खेल रचे पनि हामी पहिलो शक्ति भयौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारसंग देश बनाउने भिजन र नियत नभएको बताएका छन् । आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले बिभिन्न दलहरु मिलेर बनेको सरकारसंग कुनै नीति र योजना नरहेको भन्दै देश बनाउने उदेश्य नरहेको बताए । 

उनले अहिले मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने धारणा राखे । अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई बिभिन्न शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए । 

अहिलेको अवस्थामा देश बनाउने अभिभारा एमालेको काँधमा रहेको भन्दै आगामी निर्वाचनको तयारी अहिले देखिनै गर्नुपर्ने उनले बताए । ओलीले स्वार्थका आधारमा चल्नेहरु र इमान नभएकाहरुसंग कुनैपनि अवस्थामा एकता र गठजोर हुन नसक्ने जिकिर गरे । दुई बर्ष अघि नै पार्टी कव्जा गरेर एमालेलाई सिद्धाउने खेल रचे पनि पार्टीलाई पुनर्गठन गरेर अहिले एमाले प्रमुख पार्टी बन्न सफल भएको ओलीले बताए ।

ओलीले एमालेले हालैको निर्वाचनमा हाँसिल गरेको सफलता अझैपनि चिक्तबुझ्दो नभएको भन्दै राष्ट्रिय शक्ति निर्माणको लागि पार्टीले मिसन ग्रासरुट चलाएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस