aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जनमत पार्टीका केन्द्रीय सदस्य मिटरब्याजी सुरेन्द्र शर्मा सप्तरीबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० चैत्र २०७९
जनमत पार्टीका केन्द्रीय सदस्य मिटरब्याजी सुरेन्द्र शर्मा सप्तरीबाट पक्राउ

काठमाडौँ। सरकारले मिटर ब्याज पीडितसँग पीडकलाई कारबाही गर्ने सहमति गरे लगतै त्यस्ता अपराधीहरू पक्राउ पर्न थालेका छन्। आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेका सुरेन्द्र शर्मा (मधेसी) पक्राउ परेका हुन्। 

उनी सप्तरीको कल्याणपुरबाट पक्राउ परेको सप्तरीका डिएसपी नरेशकुमार सिंहले पुष्टि गरेका छन्। उनी सोमबार बिहान पक्राउ परेका हुन्। समाचार स्रोतका अनुसार पक्राउ परेका मधेसी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य समेत हुन्। राजनीतिक सक्रियता सँगै विभिन्न व्यवसायमा संलग्न उनले धेरैलाई मिटर ब्याजमा पैसा लगानी गरेर बिचल्लीमा परेको आरोप छ। 

मिटर ब्याज पीडितहरूले ५ बुँदे सहमति गरे पनि सो सहमति कार्यान्वयन नहुने आशङ्का गर्दै काठमाडौँमा नै बसिरहेका छन्। मिटर ब्याज पीडितहरू ११ दिन पैदल हिँडेर काठमाडौँमा आयपछि केहिदिनको संघर्ष पश्चात् सरकारले उनीहरूको माग सम्बोधन गर्ने प्रतिवद्दता जाहेर गरेको थियो। 

प्रतिक्रिया दिनुहोस