aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रवि लामिछाने विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९
रवि लामिछाने विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ आजका लागि तोकिएको छ । राहदानी प्रकरणमा मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आजका लागि तोकिएको हो । 

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो । सोही रिटमा आज सुनुवाइ हुन लागेको हो । 

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस