aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

' शून्य प्रतिशत ब्याजमा स्किम ल्याएका छौं '(भिडियाेसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६

‘दौड्ने’ यो शब्दले नै स्वतः स्फूर्तिको सञ्चार गर्छ । शरीरलाई स्वस्थ राख्न हामी विभिन्न योग, प्रणायम व्यायाम गर्छौं । त्यसमध्ये सबैभन्दा सजिलो हो, दौड ।  कम्तीमा ३० मिनेट नियमित दौडिने मात्र हो भने पनि हाम्रो मुटु स्वस्थ रहनुका साथै हाड बलियो हुन्छ भन्ने चिकित्सक बताउँछन् । दौडिनाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप २ मधुमेह नियन्त्रित हुने गर्छ । यस अलावा दौड्नुका कयौं फाइदा छन् । 

हाम्रो दैनिक जीवन निकै व्यस्त र सुविधाभोगी भएको छ । जसमा मोटरसाइकल, गाडी लगायतका सवारी साधनले सहजता थपेको छ । अनि त्यससँगै हाम्रो स्वास्थ्य बिग्रिदो छ । यही यथार्थतालाई मध्यनजर गर्दै आम मानिस लाई हिँड्डुल र शारीरिक व्यायामको महत्वबारे जानकारी दिन र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ टीभीएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैंको अवसरमा उपभोक्ता प्रवद्र्धन योजनाअन्तर्गत ‘टीभीएस दशैंको दौड’  प्रारम्भ गरेको छ ।  आर्थिकन्युज डटकमले यस्तो प्रतियोगिता आयोजनाको विविध पक्ष र टीभीएसको नयाँ योजनाबारे सो कम्पनीका मार्केटिङ भ्वाइस प्रेसिडेन्ट दीपक अग्रवालसँग कुराकानीः

टीभीएसले दौड प्रतियोगिता गर्नुको उद्देश्य के हो ?
आजको व्यस्त जीवनमा हामी एक महत्वपूर्ण कुरालाई ध्यान दिइरहेका छैनौ त्यो हो, स्वास्थ्य । स्वास्थ्य नै ठीक भएन भने केही पनि कुरा काम लाग्दैन । जति सम्पत्ति कमाए पनि स्वास्थ्य प्राथमिकतामा आएन भने त्यसको औचित्यता हुँदैन । यही कुरालाई एउटा कर्पोरेट सेक्टरबाट आम मानिसमा प्रवाह गर्न हामीले यो रमाइलो दौड राखेका हौ । टीभीएसको वार्षिकउत्सवको पूर्वसन्ध्यामा हामी यो कार्यक्रम ल्याउँदै छौं । दशंैको पनि पूर्वसन्ध्यामा हामी रहेकाले हाम्रो समाजमा के देखिन्छ भने दशैंको बेलामा माछा मासु धेरै खाने तर व्यायाम नगर्ने त्यसबाट विभिन्न रोग लाग्ने हामीले देखेका छौं । त्यसैले पनि दौड्नु आवश्यक छ भन्ने कुरा महशुस गराउन हामीले यो सानो रमाइलो दौडको आयोजना गरेका छौं । 

यसमा कस्ता मान्छेले सहभागी जनाउन पाउछन् ? कति जना सहभागीे हुने अपेक्षा गर्नु भएको छ ?
यसमा करिब एक हजार जनाको सहभागिता रहने छ । आम मानिसलाई यसमा सहभागी हुन आह्वान गर्न चाहन्छौं । साथै कर्पोरेट क्षेत्रका साथीहरुलाई पनि आह्वान गरेका छौं । रेडक्रसदेखि स्काउट जस्ता संस्थाले सहभागी जनाएका छन् । त्यससँगै हामीसँग सरोकार राख्ने खेलाडी, धावक, डाक्टर, कलाकार, क्लबका सदस्यलगायत सबै क्षेत्रलाई समावेश गरेर निम्ता पठाएका छौं । सबै क्षेत्रलाई समावेश गरेर कार्यक्रम गर्न लागिएको हो । पाँचौं वार्षिकोत्सव भएकाले पनि हामीले यो कार्यक्रम विषेश गर्न लागेका हौं । 

यो दौड प्रतियोगिता कति बजे, कहाँबाट शुरू हुन्छ ? 
बिहान ६ बजेबाट रजिष्टेशन शुरू हुन्छ । हामीले अनलाइन रजिष्टे«सनको पनि व्यवस्था गरेका छौं । यसका साथै हाम्रो टीभीएसको शोरूममा गएर रजिष्टे«सन गर्न सक्नुहुन्छ । काठमाडौंभित्र यही शनिबार र काठमाडौं बाहिर टीभीएसको शोरूम भएका जिल्लामा अर्को हप्ताको शनिबार रजिष्टे«सन गर्न सक्नुहुन्छ । काठमाडौंभित्र लक्ष्मणबाबु भवन बालमन्दिरबाट शुरू गरेर सिटीसेन्टर, कमलादी हँुदै फर्केर नक्सालको टीभीएसको भवनमा पुगेर दौड समाप्त हुन्छ । हामीले यस दौडको लागि ६ किलोमिटरको दूरी बनाएका छौं । 

यसमा विजेतालाई पुरस्कारको व्यवस्था पनि छ कि ?
दौडेर विजेता हुने प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको व्यवस्था गरेका छौं । सहभागी सबैलाई टीभीएसको मोटरसाइक वा स्कुटर किन्नु भयो भने १ हजारको छुट दिनेछौं । सहभागी हुनेलाई कुनै पनि शुल्क लाग्ने छैन। 

दौड प्रतियोगितामा सहभागिता हुन आवेदन आउने क्रमबारे बताउनुहोस् न ? 
हामीले राम्रो सहभागिता हुने लक्षण देखेका छौं ।  दिनको २ सय जनाको दरले रजिष्टे«सन भइरहेको छ । हामीले सोचेभन्दा बढी सहभागिता होला जस्तो छ । 

टीभीएस मोटरको बारेमा कुरा गर्दा टीभीएस मोटर नै जनताले रोज्नु पर्ने केही कारण छ ? 

टीभीएससँंग गुणस्तरीय प्रोडक्ट छ । नेपालको बाटो सुहाउँदो प्रोडक्ट हामीसंँग छ । विगत ४ वर्षमा यी कुरालाई स्थापित गर्न हामी सफल भएका छांै । हामीले नेटवर्क लाइन तयार गरेका छौं । डडेल्धुरादेखि ताप्लेजुङसम्म हाम्रो डिलर नेटवर्क छ । हामीले नेपालमा विभिन्न क्षेत्रदेखि लिएर लोकल प्राइभेट ग्यारेजसंँग सहकार्य गरेर नेपालभरी सर्भिस दिने तयारी गरेका छांै । स्पेयर पार्टको क्षमता बढाउने प्रयास गरेका छौं । पहिलाभन्दा निकै सुधार भएको पनि छ । यो यात्रा  निरन्तर छ ।

हाम्रो ४ सयजनाको टिमले दैनिक रूपमा काम गरिरहेका छांै । मोटरसाइक, स्कुटर चाहने मान्छेको लागि ५ वर्ष वारेन्टीसँंगै तुरून्तै फाइन्नास, एक्सचेन्ज सुविधासहित उत्कृष्ट उत्पादन  उपलब्ध गराउँछौ । हामीसंँग सबै वर्गलाई हुने प्रोडक्ट छ । हामीसँग १ लाख २५ हजारदेखि ८ लाख रुपैयाँसम्मको मोटरसाइकल, स्कुटर छ । कुनै समस्या टीभीएससँग छैन । त्यस कारणले गर्दा टीभीएस नै किन्नुपर्छ । टीभीएस नै नेपालको उत्कृष्ट प्रोडक्ट हो । 

पछिल्लो समय विद्युतीय सवारीमा सरकारले सहुलियत दिने व्यवस्था गरेको छ, टीभीएसले बाइक, स्कुटरको लागि कस्तो योजना ल्याउँदैछ ? 
सरकारले इलेक्ट्रिकमा छुट ल्याएको छ । यसको मुभमेन्ट पनि केही स्तरमा बढेको अनुभव गरेका छौ । यसमा अतिकति गृहकार्य नपुगेको जस्तो लागेको छ । हामी एकोहोरो रूपमा मात्र सोचिरहेका छौं । भविष्यमा पेट्रोल भन्दा ब्याट्रीबाट कति लामो समय चलाउन सक्छौं । पछि त्यो हटाउने बेलामा त्यो वातावरणलाई कति असर गर्छ भन्ने कुरा हामीले खोजी गर्न सकेका छौ ? सरकारले त्यसलाई सपोर्ट  गरेको छ, ठिक छ । तर, होमवर्क पुगेको छैन । सहुलियत दिनु, क्षमता हुनु, एउटा पाटो हो तर कति लामो समयसम्म टिक्नसक्छ भन्ने अर्को पाटो हो । 

टीभीएसका बाइक, स्कुटर लिन चाहने ग्राहकलाई फाइनान्सको कसरी समन्वय गरिरहनु भएको छ ? 
जगदम्बा मोटर्सअन्तर्गत नै जगदम्बा क्रेडिटर्स एन्ड इन्भेष्मेन्ट भन्ने आफ्नै इन्भेष्मेन्ट कम्पनी स्थापना गरेका छौ । नेपालभरी १ सयजना जनशक्ति सहित शाखा स्थापना गरेका छांै । सर्वसुलभ तरिकाले फाइन्नास हुने व्यवस्था टीभीएसको ग्राहकको लागि गरेका छौ । त्यसमा ३० प्रतिशत डाउन पेमेन्ट गरेर बाइक लिन सक्नुहुन्छ । ब्याजमा  पनि हामीले सुविधा दिंँदै शून्य प्रतिशत ब्याजमा स्किम ल्याएका छौं । फाइनान्सबाट सजिलो तरिकाले नेपालभरी सर्भिस दिएका छौं । 

 

प्रतिक्रिया दिनुहोस