aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

यातायात कार्यालय पर्साबाट ११ जना विचौलिया पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
यातायात कार्यालय पर्साबाट ११ जना विचौलिया पक्राउ

  हेटौडा । नारायणी यातायात कार्यालय पर्सा वीरगञ्जबाट ११ जना विचौलिया पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी गर्ने विचौलिया पक्राउ परेका हुन । 

 प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी निम्न नामथर वतन भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात म्याद थप गरेको छ । 

पक्राउ पनेहरुमा वीरगञ्ज महानगरपालिका वडा नं १२ रानीघाटकाआलोक कुमार यादव, वीरगञ्ज महानगरपालिका वडा नं १२ किशोर कुमार दयाल,वीरगञ्ज महानगरपालिका वडा नं १२  दिपलाल साह, वीरगञ्ज महानगरपालिका वडा नं १२ रामबाबु झा, कालिकामाई गापावडा नं४ का राजेश महतो,  विरगञ्ज म न पा वडा नं ३ का रंजित गुप्ता, सोहि गाउँपालिकाका लालबाबु महतो  रहेका छन्।

त्यस्तै, परवानीपुर गापावडा नं ५ का दरोगा दास, प्रसौनी गा.पावडा नं ६ का मुकेश साह, वीरगञ्ज म न पा वडा नं ११ का राजेश लामा र  प्रसौनी गा पा वडा नं ३  महतो तत्मा रहेका छन।        


              


 

प्रतिक्रिया दिनुहोस