aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई त्यहाँको प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । 

बीबीसीले जनाए अनुसार प्रहरीले नियन्त्रणमा लिए पनि उनलाई हत्कडी भने लगाइएको थिएन । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । 

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस