aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आजदेखि लागू हुनेगरि घट्यो हवाइभाडा, कहाँको कति तिर्नुपर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
आजदेखि लागू हुनेगरि घट्यो हवाइभाडा, कहाँको कति तिर्नुपर्छ ?

काठमाडौं । इन्धनको मूल्य घटेसँगै हवाईभाडा पनि घटेको छ । नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरि इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएपछि हवाईभाडा पनि घटेको हो । 

वायुसेवा सञ्चालक संघका अनुसार हवाइभाडा आजदेखि लागू हुनेगरि घटाइएको छ । जस अनुसार अब काठमाडौंदे भद्रपुरको यात्रा गर्नुपर्‍यो भने ४ हजार ८०५ रुपैयाँ तिर्नु पर्नेछ । यसअघि ५ हजार १०५ रुपैयाँ भाडादर रहेको यो रुटमा ३०० रुपैयाँ भाडा कम कायम गरिएको छ । 

त्यसैगरी, यसअघि ४ हजार ८० रुपैयाँ भाडा तोकिएको काठमाडौं–विराटनगरको यात्रामा २४० रुपैयाँ घटाई ३ हजार ८४० रुपैयाँ कायम गरिएको छ भने यसअघि २ हजार १८५ रहेको काठमाडौं–जनकपुरको भाडादरमा १३० रुपैयाँ घटाइ २ हजार ५५ रुपैयाँ कायम गरिएको छ ।

विस्तृतमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस