aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

फर्निचर तथा फर्नि्सिङ एक्स्पो (फर्नेक्स २०१९) दाेस्राे दिन यस्ताे देखियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
फर्निचर तथा फर्नि्सिङ एक्स्पो (फर्नेक्स २०१९)  दाेस्राे दिन यस्ताे देखियाे

सातौं संस्करणको फर्निचर तथा फर्नि्सिङ एक्स्पो (फर्नेक्स २०१९) राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना भइरहेको छ । विगत वर्षको तुलनामा यस बर्ष अवलोकन गर्नेहरुको संख्या वृद्धि रहेको छ । १ सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाईरहेका छन् । 

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । 

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्नि्सिङ व्यवसायी महासंघको सपोर्ट गरेकाे छ । त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

उक्त स्क्पाेमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ ।

यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने छ । 

प्रतिक्रिया दिनुहोस