aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्केका छन् । उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए । 

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा  आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ भएको उल्लेख छ ।   

राष्ट्रपति  पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएको जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरेका उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस