
काठमाडौँ । ठगीका बिभिन्न बिधिहरु अपनाउंदै आएका भारतीय ठगहरुले पछिल्लो समय भाइवरलाई नेपाली ठग्ने साधनको रुपमा प्रयोग गरिरहेको देखिएको छ । यसरी ठग्न उनीहरुले एउटा भ्वाइस म्यासेज तपाइलाई पठाउन सक्छन् जसमा तपाइले ५० लाख भारतीय रुपयाँ र १० तोला सुन भाइवर कम्पनीबाट उपहारमा प्राप्त गरेको जानकारी दिइन्छ ।
आर्थिकन्युजलाई प्राप्त यस्तो सन्देशमा ‘भाइवर कल सेन्टर युएसबाट देवराज मलहोत्राले सर्वप्रथम तपाइलाई अभिवादन गर्दै भन्छन् – नमस्कार ! त्यसपछि शुरु हुन्छ उनको तपाइलाई लोभ्याउने कुरा ।
त्यहाँ भनिन्छ– तपाइले जुन भाइवर नम्बर प्रयोग गरिरहनु भएकोछ त्यो पुरस्कारको लागी छनौट भएको छ । तपाइले ५० लाख भारु र १० तोला सुन प्राप्त गर्नु भएको छ । तपाई र तपाइको परिवारलाई धेरै धेरै बधाई छ । यो छनौट प्रक्रियामा भारत, नेपाल, भुटान, दुबई र पाकिस्तान गरी पाँच वटा मुलुक सामेल गरिएका छन् ।
छनौट प्रक्रियाबारे तपाइलाई स्पष्ट पर्दै त्यहाँ भनिन्छ – हरेक मुलुकबाट ५०÷५० नम्बर लिएर त्यसमा चिट्ठा गर्दा तपाइलाई पुरस्कार प्राप्त भएको हो । ५० लाख भारु र १० तोला सुन भाइवरले एसबिआई बैंक इन्डियामा पठाइसकिएको छ । म तपाइलाई आफ्नो पुरस्कारको फाइल नम्बर दिन्छु ।
त्यसपछि फाइल नम्बर बाचन हुन्छ– ०६५ । अनि एसबिआईको म्यानेजर अशोककुमार गुप्ताको सम्पर्क नम्बर समेत तपाईलाई दिइन्छ, ००९१–७४२८४३७१८१ । त्यसपछि तपाइलाई उनलाई फोन वा भाइवर मार्फत सम्पर्क गर्न भनिन्छ । उनीसँग त्यो पुरस्कार कसरी प्राप्त गर्न सकिन्छ त्यो सोध्न समेत भनिन्छ । उनले सबै कुरा बताउने कुरामा तपाइलाई आश्वस्त परेपछि तपाईलाई केही सुझाव दिइन्छ जसबाट तपाईलाई ठग्न खोजिएको प्रष्ट हुन्छ ।
यो तपाईलाई लुट्ने, ठग्ने चाला हो भन्ने अनुमान तपाई यसबाट सजिलै लगाउन सक्नुहुन्छ किनकी यसपछि भनिन्छ – तपाइले प्राप्त गर्न लग्नु भएको यो पुरस्कारको बारेमा कुनैपनि पराई व्यक्तिलाई नभन्नु होला । तपाईको नम्बर डुब्लिकेट गर्न सक्छन् । यदी त्यसो भएमा कम्पनिले यसको लागी कुनैपनि प्रकारको जिम्मेवारी लिने छैन । यदी तपाइलाई कुनै कुरा बुझ्नु परेमा मलाई फेरी सम्पर्क गर्नुहोला, धन्यवाद ।
भाइबर म्यासेज भाइबरमा मात्र फरवार्ड गर्न सकनिे भएकोले यहाँ अडियो प्रस्तुत गर्न सकेनौं ।
प्रतिक्रिया दिनुहोस