aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अर्थमन्त्री डा महत र अमेरिकी राजदूत थमसनबीच भेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
अर्थमन्त्री डा महत र अमेरिकी राजदूत थमसनबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा। महत र राजदूत थमसनबीच छलफल भएको थियो ।

मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको छ । त्यसैगरी नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा महतले जानकारी दिए ।

आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ, डा महतले भने । नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको मन्त्री महतले बताए । उनले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस